"Education for Excellence"

Sagarmatha Educational Academy

 

 

Voice of Chairman

हाम्रो गन्तव्य

बालबालिका यो संसारका भविष्य हुन् । पृथ्वीमा मानिसहरूको भविष्य सुन्दर र सुरक्षित बनाउनका निमित्त बालबालिकाको मनोरचना सही ढङ्गले गरिनु पर्छ । मनोरचना सही हुनका निमित्त शिक्षा सही हुनुपर्छ । सूचना र प्रविधिको यो युगमा ज्ञानका अनेक स्रोतहरू छन् । त्यसलाई उचित ढङ्गले उपयोग गर्ने विवेक भएन भने मान्छे नष्ट र भ्रष्ट हुने सम्भावना पनि उत्तिकै छ । शिक्षाले त्यो विवेकलाई जागृत गराउन सक्नु पर्छ । शिक्षाको मुख्य काम असल ज्ञान र सुकर्मका निमित्त जिज्ञासा र कर्मशीलता जगाउनु हो ।
आफ्ना सन्तानलाई सबै आमाबाबुले माया गर्छन् । सन्तानको सुन्दर भविष्यको कामना गर्छन् र त्यही भविष्य निर्माणका निमित्त आफूले सबभन्दा बढी विश्वास गरेको विद्यालयमा लगेर सुम्पन्छन् । यो विश्वासको उच्चतासित तुलनायोग्य वस्तु यो संसारमै छैन । यो विश्वासको भारी ती शिक्षकशिक्षिकाले मात्रै बोक्न सक्छन् जसले गुरुको गुरुत्वमय मर्यादाभित्रबाट विद्यार्थीलाई सन्तानवत् वात्सल्य पोख्न सक्छन् । कुनै पनि बालक प्रतिभाहीन हुँदैनन् । शिक्षकले कुन बालकमा के प्रतिभाको बीज छ भनेर पहिचान गर्नुपर्छ । त्यसलाई उम्रने र हुर्कँने वातावरण बनाउन सहयोग पु¥याउनु पर्छ ।
यो संसार गतिशील र परिवर्तनशील छ । शिक्षित हुनुको अर्थ बदलिँदो समयसन्दर्भ अनुकूलको चेतनाको विकास हुनु हो । संसारलाई विवेकको आँखाले वैज्ञानिक कोणबाट हेरिनु पर्छ । हामी समाजमा छौँ । हाम्रो सामाजिक दायित्व छ । समाजमा नयाँ पुराना अनेकौँ संस्कृति र विकृतिहरू छन् । पुरानोमध्येको राम्रो संस्कृतिलाई अँगाल्दैै र नराम्रोलाई छोड्दै जाने हो । नयाँको पनि राम्रोलाई लिने र नराम्रोलाई छोड्ने हो । असल विचार बोकेका विद्यार्थी, शिक्षक र अभिभावकको जीवन्त संवादबाट गन्तव्य भेदनको सोझो, उज्यालो र फराकिलो बाटो पहिल्याउन सकिन्छ ।

 

Voice of Principal

Welcome to Sagarmatha Educational Academy. For the past eighteen years Sagarmatha has been a place of educational excellence.  Here, high standards of learning and achievements by our students are cultivated and celebrated. We encourage all students to maximize their potential, pursue their dreams and become ethical, global citizens. Our Mission to offer a well-balanced education encouraging high expectations and achievement, we foster a creative, innovative, supportive, and appreciative environment. Sagarmatha is a school where an individual’s potential is nurtured to the overall development of he or her. Our biggest hopes? To provide the educational background for all of our students to be successful locally and globally, and to live joyful and fulfilling lives. As a principal, I believe it is my job to provide the best education suited to a student’s personality in as affordable manner as possible. Scholarships based on need and merit are available. It is my commitment to ensure that no student will be turned away from a Sagarmatha education because of a lack of financial resources.